जनमत पार्टीले मनाए इफ्तार : डा.राउतले गरे दुआ

हुलाकी न्यूज, काठमाडौँ : जनमत पार्टी काठमाडौँले इफ्तार कार्यक्रम मनाएको छ।

इस्लाम धर्माम्बलीहरुको रमजानको अवसरमा शुक्रवार काठमाडौँको कासमिरी जामा मस्जिदमा कार्यक्रम मनाइएको हो।

उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलगायतका नेताहरू सहभागी भएका थिए।

जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार धार्मिक सहिष्णुतालाई मध्यनजर गरी जुमा अलविदाको दिन रोजदारहरूको लागि ईफतार कार्यक्रम राखिएको थियो।

जनमत पार्टीका अध्यक्ष डा राउत मुसलमानहरूको अनुरोधमा मुस्लिम टोपीसँगै सबैले खाने लाईनमा बसी राजदारहरूले खाने फलफुल र अन्न खाएर सामाजिक र धार्मिक एकतामा जोड दिएको खानले बताए।

अफ्तार पछि डा.राउत हजरत गयनसुद्दिन शाह बाबाको मजारमा पुगी मधेशको समृद्धि र सामाजिक एकताको लागि प्रार्थना (दुआ) गरेका थिए।


SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.