काठमाडौं । जनमत पार्टीको विदेश विभागको अनलाइन बैठक सम्पन्न भएको छ । विदेश विभागका प्रमुख ई.बसन्त कुशवाहाको अगुवाईमा बैठक सम्पन्न भएको छ ।

सो बैठकबाट सम्पूर्ण जनसमुदायमा कोरोना भाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसँग सम्पर्क बनाई राख्न अपील गरेको छ ।

यस संक्रमणकालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउनमा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ ।

यसका लागि ५ मिनट घोषणा पत्रबाट र ५ मिनट स्थानीय विषय मिलाएर १० मिनटसम्मको भिडियो स्पीच तैयार गरेर [email protected] मा पठाउन सकिने गैरआवासी मधेशी संघका अध्यक्षसमेत रहेका कुशवाहाले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणकाल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको छ । यसलाई व्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरिसकेको छ । यस सम्बन्धी जानकारी सम्बन्धित देशका राष्ट्रीय समिति (NRMA – National Committee) मार्फत गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.