जनमत पार्टीको रेस्क्यू टीमद्वारा ३ जनालाई जिवितै उद्वार

हुलाकी न्यूज़, जनकपुर :-डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको बाढिमा फसेको फसेको ३ जना व्यक्तिलाई उद्वार गरेको छ।

विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएको छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ।

सो क्रममा शनिबार बिहान ६ बजे देखिनै कमला नदिको छेउमा फसेको सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा २ स्थित रहेको इटारी परसाहीका लालबाबु मण्डल २ जना महिलालाई जनमत पार्टीको रेस्क्यू टोलिले जिवितै उद्वार गरेको जनमत पार्टीका युवा नेता अरुण सहनीले जानकारी दिएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.