जनता आवास (बारा र पर्सा) पुनर्निर्माण कार्यक्रम सुरु

हुलाकी न्यूज, काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रम सुरु भएको छ ।

विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ति तयारीका साथ तैनाथ भएकोमा शनिबारबाट औपचारिक रुपमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण लगायत प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास भई आरम्भ भएको छ ।

‘जनता आवास’ कार्यक्रमको क्रममा फेटा गाउँपालिका– ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले, परवानीपुर– ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले, प्रसौनी गाउँपालिका–४ खटुवाजग्दीमा गृहमन्त्री राम बहादुर थापाले, वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले, सुवर्ण गाउँपालिका– ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले, पचरौता नगरपालिका–७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले, फेटा गाउँपालिका– ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले, बीरगञ्ज महानगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगरले, फेटा गाउँपालिका ४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका ७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका ७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.