हुलाकी न्युज, जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ऐतिहासिक जित हात पारेको छ । प्रदेश नं.२ को प्रस्तावित राजधानी नेपाली काँगे्रसको गढ मानिएको जनकपुर उपमहानगरपालिकामा राजपा बिजयी भएको छ ।
नेपाली काँगे्रसको गढ भत्काउँदै भारी मतान्तर अर्थात दोब्बर भन्दा बढी मतले मेयर र उपमेयरमा राजपा बिजयी भएको छ । उपमहानगरपालिकाको मेयरमा राजपाका लाल किशोर साह र रउपमेयरमा पनि राजपाकै रिता कुमारी मिश्र बिजयी हासिल गरेको छ ।
मेयरमा बिजयी साह २१९०३ मत प्राप्त गरेका छन् । भने, उपमेयरमा बिजयी मिश्र १७१४७ प्राप्त गरेकी छीन् । उनीहरुका निकतटम प्रतिद्धन्द्धी मेयरमा नेपाली काँगे्रसका मनोज कुमार साह सुडी १११६४ मत र उपमेयर निलम देवी कर्ण १०६०५ प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका मेयरका उम्मेदवार लक्ष्मीनारायण भगतले ४८६५ मत र उपमेयरका उम्मेदवार पुन कुमारी मिश्र ४९७२ मत प्राप्त गरेको छ ।

हेर्नुस् कुन बडामा कुन पार्टीको जिते ?

वडा नम्बर १ मा राजपा – शत्रुधन साह ७५३
वडा नम्बर २ मा स्वतंत्र – शिवकुमार साह २५२
वडा नम्बर ३ मा राजपा – दीपेन्द्र दसाह २२७
वडा नम्बर ४ मा राजपा – सुदर्शन सिंह १५४१
वडा नम्बर ५ मा कांग्रेस – मनोज साह १५९
वडा नम्बर ६ मा राजपा – जगरनाथ साह ५४१
वडा नम्बर ७ मा राजपा – जानकीराम साह ८३४
वडा नम्बर ८ मा राजपा – रमेश ठाकुर ६३४
वडा नम्बर ९ मा कांग्रेस – परमेश्वर साह ४५१
वडा नम्बर १० मा कांग्रेस–मिथिलेश कुमार कर्ण ४३३
वडा नम्बर ११ मा राजपा – रामचन्द्र साह ६५५
वडा नम्बर १२ मा कांग्रेस – शत्रुधन यादव ३६१
वडा नम्बर १३ मा एमाले – शुभनारायण मण्डल ५८७
वडा नम्बर १४ मा राजपा – पूण्यप्रताप यादव ७३९
वडा नम्बर १५ मा कांग्रेस – अशोक चौधरी ६२८
वडा नम्बर १६ मा राजपा–रामअशिष पजियार १०४६
वडा नम्बर १७ मा संसफोरम – परमेश्वर यादव ९८३
वडा नम्बर १८मा संसफोरम–रामाशंकर पासवान ७८९
वडा नम्बर १९ मा ससफोरम(जगदिश यादव
वडा नम्बर २० मा राजपा– भोगेन्द्र झा
वडा नम्बर २१ मा एमाले – रामेश्वर महासेठ ८८६
वडा नम्बर २२ मा राजपा – शिवरत्न पाण्डे ४९१
वडा नम्बर २३ मा कांग्रेस – शत्रुधन पाण्डे ९२३
वडा नम्बर २४ मा राजपा – सत्यनरायण साह ८५४
वडा नम्बर २५ मा कांग्रेस – उमेश यादव ७४१

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.