जनकपुरधाममा धुमधामका साथ विवाह पञ्चमी मनाइँदै

bibah-panchami
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर ।
ऐतिहासिक धार्मिकस्थल जनकपुरधाममा आज धुमधामका साथ विवाह पञ्चमी मनाइँदैछ । त्रेतायुगमा भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा स्वयम्बर तथा वैवाहिक कार्यक्रम हुंदैछ ।

त्रेता युगमा भगवान श्रीराम र जगत जननी सीताको विवाह भएको उत्सवलाई स्मरण गर्दै मंसिर शुक्ल पञ्चमी तिथिका दिन ऐतिहासिक धार्मिक नगरी जनकपुरधाममा श्रीराम जानकी विवाह महोत्सव गरिन्छ ।

बिबाह पञ्चमीका दिनमा प्रसिद जानकी मन्दिर, राम मंदिर, दशरथ मंदिर, लक्ष्मण मन्दिर, विवाह मण्डप सहितका मंदिरहरुमा पुजापाठ गर्न श्रद्धादलु भक्तजनहरुको भिड लागेको छ ।

श्रद्धालुहरुले जनकपुरका गंगासागर, धनुषसागर, अरगजासर लगायतका जलासयहरुमा स्नान गरी विभिन्न मठमन्दिरमा पूजापाठ गर्न एकाविहानै देखी विशेष भीडभाड लागेको छ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतका अयोध्या, वृन्दावन, मथुरा, कलकता, विहार, उतरप्रदेश, राजस्थान सहित विभिन्न स्थानहरुवाट हजारौको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् ।

श्रद्धालुहरुको वास तथा भोजनको लागि स्थानिय विभिन्न धर्मशालाका साथै विभिन्न संघसंस्था तथा क्लवहरुले निःशुल्क व्यवस्था मिलाउंदै आएको छ ।

janakpur-dham

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.