जनकपुरधामः पूर्वमन्त्री, सांसदसहित ४१ जना पक्राउ, ६ जना अस्पताल भर्ना

1334

किशोर गुरु, जनकपुरधाम । आइतबार जनकपुरधाममा भएको प्रदर्शनको क्रममा पूर्वराज्य मन्त्री एवं राष्ट्रिय जनता पार्टी(राजपा) की महासचिव सुरिता साह र सांसद दिनेश साह, राजपाका प्रवक्ता लालकिशोर साहसहित ४१ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रमअनुसार आइतबार विहानैदेखि जनकपुरधाममा प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा ट्रयाक्टरसहित केही सवारीसाधानमा तोडफोड भएको छ ।

जनकपुरधामको विभिन्न स्थानबाट ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय धनुषामा राखेको छ । प्रहरी कार्यालय बाहिर भने सयौंको संख्यामा आन्दोलनकारीहरुले नारावाजी गर्दैछन् ।

प्रहरी हिरासतमा रहेकी पूर्वराज्य मन्त्री साहले हुलाकी न्यूजसँग कुराकानी गर्दै भनिन्,‘प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी नियन्त्रणमा रहेका कतिपय आन्दोलनकारीहरुलाई पनि चोटपटक लागेको छ ।’

पक्राउ पर्नेमा १५ जना महिला रहेको साहले बताइन् ।

यता घाइते विभा ठाकुर, सरिता शर्मा, रेणु झालगायतका प्रदर्शनकारी घाइते भएपछि उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको राजपाले जनाएको छ ।

SHARE

1 COMMENT

  1. यो नेपाल सरकर ले मधेशी महिला माथी गैर कनुनी गरेको छन म यो भन्न चाहन्छु हुलाकी News लाई र सम्पुर्ण नेपाली पत्र पतृका बुधिजिबी मानव अघिकरकर्मी र बिध्यथी सर सस्थस लगायेत सम्पुर्ण मा दमन शोसन को हामी घोर भर्स्चान गर्दछु नेपाली होस य मधिशे कुनै महिला माथी दमन र शोसन न होस म श्रीशेरवाहादुर ज्यु लाई अनुरोध गर्दछु म शिव कुमार शर्मा दुबै बट धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here