हुलाकी न्यूज, काठमाडौं: धनुषा जिल्लाको बक्चौरामा जन्मेकी डा.रुना झाको ससुराली देपरामा पर्छ।

उनी पूर्वराजदूत धन्नजय झाकी छोरी हुन्।

डा.रुनाका श्रीमान् पनि डाक्टर नै हुन्। डा.अजय झा जो क्यान्सर रोग विशेषज्ञय हुन्।

जनकपुरधामको क्याम्पस चौकमा समेत घररहेको डा.रुनाको कर्मस्थल काठमाडौं रहँदै आएको छ।

कोरोना विरुद्धको संघर्षमा उनले व्यक्तिगत रुपमा ठूलो सफलता हात पार्दै यूएन वमनको सम्मान पाएकी छिन्।

हाल टेकुस्थित राष्ट्रिय प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा.रुना कोरोना भाइरस विरुद्ध लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलाको सूचीमा पर्न सफल भएकी छन्।

डा. झाले उत्कृष्ट महिलाको सूचीमा पर्न पाउँदा मानवता र मानव स्वास्थ्यका लागि केही राम्रो काम गरेछु जस्तो लागेको प्रतिक्रिया दिइन्। अझ विपत्का बेला सरकारले दिएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी लागेको छ। उनले भनिन्, ‘रमाइलो लागेको छ। अझ थप केही गर्छु भन्ने आत्मबल बढेको छ।’

उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन्। उनीहरु जोर्डनमा कार्यरत छन्। दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन्।

यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन्। उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन्।

उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बरबुढामा कार्यरत रहेको युएनओमनले जनाएको छ।

परिवारसहित डा‍‍ रुना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.