काठमाडौं । रुकुमको जौरजहारी घटनालाई राष्ट्रिय जनता पार्टी नेपालले निन्दा गरेको छ । सो घटनाको छानविन गर्न राजपाले संसदीय समिति गठनको मागसमेत गरेको हो ।

नेता महन्थ ठाकुरको अध्यक्षतामा राजपाको संसदीय दलको शनिबार बसेको बैठकले घटनाको छानविन गर्न समिति गठनको माग गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेको टोलीलाई गाउँलेहरु मिलेर हत्या गरेको भन्दै उक्त घटनाप्रति राजपाको ध्यानाकषर्ण भएको नेता ठाकुरले जनाएका छन् ।

ठाकुरले विज्ञप्तिमा भनेका छन्, ‘घटना जातीय भेदभाव तथा छवाछतकै कारण भएको देखिन्छ। नेपालको संविधानमा विद्यमान कानूनी प्रावधान अनुसार यस खाले घटना अत्यन्तै निन्दनीय तथा अमानवीय अपराध एवं मानव समाजको लागि लज्जाको विषय हो ।’

‘यस घटनाको यथासिघ्र अनुसन्धान प्रक्रिया अगाडी बढाई दोषीहरुलाई हदैसम्मको कानूनी कारबाही गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै पिडीत पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दैछौं ।’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भविष्यमा यस्ता प्रकारका अमानवीय घटना समाजमा दोहोरिन नदिन अपनाउनु पर्ने जनचेतनालगायतका सम्पूर्ण उपायहरु अवलम्बन गर्नतर्फ ठोस पहल कमी चाल्न र संसदीय छानबीन समिति समेत गठन गर्न नेपाल सरकार र सम्बद्ध निकायसँग जोडदार माग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.