चीन, ६ जेठ । कोरोना भाइरसको महामारीसँग जुध्न चीनले विश्व स्वास्थ्य संगठन लाई २ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

यो रकम दुई वर्षभरीमा कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने चिनियाँ राष्ट्रपति सि चिन फिङले जानकारी दिए । सोमबार चिनियाँ राष्ट्रपति सिले विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका डब्ल्युएचओलाई सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पूर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.