बेइजिङ, ६ जेठ । चीनको भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प भएको हो ।

भूकम्प जाँदा २४ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गइरहँदाको भिडिओ क्लिप स्थानीयहरूले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प गएको हो ।

घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरू खटाइएका छन् । गत वर्ष सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प जाँदा १३ को मृत्यु भएको थियो । २ सय घाइते भएका थिए । साथै ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको थियो ।

त्यसअघि २००८ मा सिचुआनमै ७ दशमलब ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ८७ हजार मानिसको मृत्यु र बेपत्ता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.