काठमाडौं । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ ।

स्थलमार्गबाट ट्रकले ८ कन्टेनर स्वास्थ्य सामाग्री लिएर बिहीबार काठमाडौं आइपुगेको हो । यसअघि नेपाली सेनाले स्थलमार्गबाट ८ टन औषधि र वाइडवडीबाट करिब १९ टन स्वास्थ्य सामाग्री समेत ल्याइसकेको छ ।

चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.