घोराही उपमहानगरपालिकाले बुधबारदेखि घोराही बजारमा फ्री वाइफाई सेवा प्रारम्भ

हुलाकी न्यूज, दाङ  । घोराही उपमहानगरपालिकाले बुधबारदेखि घोराही बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ । 

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन् । उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिनुभयो ।

इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई जडान गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.