बुटवल, ५ वैशाख । घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेकाहरूलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ । क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिँडेका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसिदिन अनुरोध गरेका छन् ।

क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था रहेको उनले जनाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गरेका हुन् ।

लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् । सरकारले मजुर र गरिखाने वर्गका नागरिकलाई घर पुराउने व्यवस्था नगरेको र यदी बसेकै स्थानमा रहन अनुरोध गर्ने हो भने खानपानको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जालहरुमा काठमाडौं लगायतका शहरी क्षेत्र छोडेर मजुरहरु सामानसहित निकै कष्टसाथ लामो यात्रा गरिरहेको तस्वीर र भिडियोहरू सार्वजनिक भएका छन् ।

सरकारले लकडाउन गरेपछि मजदुर र दैनिक ज्याला गरेर खानेहरुलाई खानपानको व्यवस्था नमिलाएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.