ग्राण्डी अस्पताल

काठमाडौं । कोरोना पुष्टि भएको काठमाडौंका ३५ वर्षीय पुरुष टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ ।

शुक्रबार थपिएका काठमाडौंका संक्रमित ती पुरुष ग्राण्डी अस्पतालमा उपचाररत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका हुन् । उनको विषयमा बाँकी विवरण आउन बाँकी रहेको जनाइएको छ । संक्रमित ती व्यक्ति स्वास्थ्यकर्मी नभएको जानकारी गराइएको छ ।

अब ग्राण्डी अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको खोजी गर्ने र परीक्षण गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको छ ।

त्यस्तै, काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरकी ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । अहिले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको जानकारी गराइएको छ ।

अहिले हेटौंडामा संक्रमित ती महिलाको सम्पर्कमा आएकाहरूको कन्ट्याक ट्रेसिङको काम सुरु भएको जनाइएको छ । हेटौंडा अस्पतालका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएको कारण काठमाडौं रेफर गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.