गोपाल सेवा समितिको अध्यक्षमा कमल यादव

हुलाकी न्यूज काठमाडौं: गोपाल सेवा समितिको काठमाडौं उपत्यका अध्यक्षमा कमलकुमार यादव निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिरहाका स्थायीवासी एवं काठमाडौका व्यवसायी यादवको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्ष मञ्जुकुमारी यादव र सचिवमा विजय यादव चएन छन्। सह–सचिवमा सुजितकुमार यादव, कोषाध्यक्षमा अम्बिका यादव, सह–कोषाध्यक्षमा राजेश प्रसाद यादव चयन भएका छन् भने महिला सदस्यहरुमा अञ्जुला यादव र सुनिता कुमारी यादव चयन भएकी छिन्। सदस्यहरुमा नन्दकिशोर यादव, एमपी यादव, सुशिलकुमार यादव, शिवशंकर यादव, अरुण कुमार यादव, सुक्देव यादव छन्।

समितिको सल्लाहकारमा श्यामकिशोर यादव, विनोद कुमार यादव, उमेश यादव, सत्यनारायण यादव र राजेश कुमार यादव छन्।

नव निर्वाचित पदाधिकारीहरुलाई स्वास्थ तथा जनससंख्या राज्यमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका नेता डा.सुरेन्द्र यादवलले पदभार ग्रहण गराएका थिए।

गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष कौशल यादव, पूर्वमन्त्री डा.डम्बरनारायण यादव, नेतृ रेखा यादवसहित कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता थियो।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.