गैर आवासीय मधेशी संघ साउदीको अलहासामा क्षेत्रीय समिति विस्तार

हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियामा १ नोभेम्बर शुक्रवारको दिन साउदीको अलहासामा क्षेत्रीय समितिको विस्तार भएका छन।

अलहासा अल हफुब एरियामा रहेको मसतुरा अल हजिया कम्पनीमा बुधेश्वर महरा, असोक दास र राजाराम लगायतको बिशेष उपस्थिति मा मो.नजिरकोे अध्यक्षतामा 23 सदस्य समिति चयन भएको छ।

सचिवमा मनोज राउत, कोषाध्यक्षमा जीवन सदा र सदस्यहरूमा जलिल राईन, बिपैत मुखिया, रामबचन मंण्डल, वेनिराम पसमान, लक्ष्मी नारायण चौधरी, राजकिसोर मंण्ड्ल, देबसंकर महरा, लाल बाबू कापर, श्रीदेव यादव ,नरेश कुमार महतो, रबिन्द्र महतो, नरबहादुर थारु, राजु पासमान, जितेन्द्र कामैत, मनोज मण्डल, मनोज चौधरी,दिनेश मण्डल, दिलिप सदा, मनोहर महतो र खुर्सेद राईन रहेका छन।

एनआरएमए-साउदी का केंद्रीय अध्यक्ष निर्मल मंडलले साउदीमा रहेका मधेसीहरुलाई संगठनमा आबद्ध हुन आग्रह गरेका छन।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.