गैर आवासीय मधेशी संघ साउदीको क्षेत्रीय समिति विस्तार

साउदी अरेबिया NRMA

हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियामा ४ अक्टूबर शुक्रवारको दिन साउदीको सनेयामा क्षेत्रीय समितिको विस्तार भएका छन।

अशोक साह र सुनील साहको उपस्थितिमा क्षेत्रीय समिति गठन गरिएको छ। अध्यक्षामा छेदी कवारी, उपाध्यक्षामा जीतेन्द्र प्रसाद यादव र सचिवमा राजीब साह रहेका छन। तयस्तै सदस्यहरुमा मोहमद संजू कवारी, रहीम, समसुल, सलीम अंसारी, बिदेशी यादव, अशोक साह, बीरेंद्र साह, राम शंकर महतो,सुनील साह र गजेंद्र नारायण छीतान यादव रहेका छन।

हालसम्म एनआरएमए ४० वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.