हुलाकी न्यूज, साउदी :- गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । शुक्रबार अनलाईन बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण आफन्त तथा शुभचिन्तक संग सम्पर्क बनाई राख्न अपील समेत गरेको छ।

बैठकले कोरोना महामारीको समयमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो स्तर बाट सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउन मा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनेट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ । यसका लागी ५ मिनेट घोषणा पत्रबाट र ५ मिनेट स्थानीय विषय मिलाएर १० मिनट सम्मको भिडिओ स्पीच तयार गरी पठाउन भनिएको छ ।साथै छुट्टी को समय मा सामाजिक संजाल मार्फत समाजलाई साकारात्मक संदेश को लागि रचनात्मक र स्थानिय स्तरको समस्या माथि सामाधान खोजने जस्ता कार्य को लागि एक अर्का बिच साझेदारी गर्न समेत भनिएको छ।

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको जनाउँदै बैठकले यसको ब्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको साउदी शाखा प्रमुख निर्मल मण्डल ले जानकारी दिए ।

बैठकमा गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समिती का अध्यक्ष तथा जनमत बिदेश बिभाग प्रमुख ई. बसन्त कुशवाहा समेत को बिशेष उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.