हुलाकी न्यूज, साऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबिया ले रियादमा क्षेत्रिय समिति विस्तार गरेको छ।

साऊदी अरब रियाद को ZDCO जेडडिसीओ कम्पनी मा के.महासचिव अशोक साह र के.सह मेडिया संयोजक शुनिल साह को बिशेष पहलमा 14 फेब्रुअरी शुक्रबार को दिन उपस्थित भेला ले राम भजन यादब को अध्यक्षता मा 23 सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ।

समिति को उपाध्यक्षमा राजकुमार महरा,सचिवमा रास बिहारी यादब,सह सचिवमा देवेन्द्र कुमार महतो रहेका छन भने सदस्यहरूमा नागेन्द्व यादव, राम रतन यादब,भरोषी राय,देवेन्द्र महतो,बिजय कुमार यादब,उदगार मुखिया,श्रीदेब मुखिया,शिब कुमार दास,धनिक लाल मण्डल, राजकुमार महरा, राम दियाल मण्डल,रोसन साह,भुलन यादब,संजय यादब, रबिन्द्र यादव ,उमेश यादब, बिजय प्र साह र यान्देस यादब रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.