हुलाकी न्यूज, मलेसिया:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), मलेसिया ले विश्वब्यापी कोरोना महामारिको समयमा पनि अनलाइन बैठक मार्फत संगठनका गतिबिधिलाई निरन्तरता दिईरहेको छ ।

का. वा. अध्यक्ष सिकेन्द्र यादव को अध्यक्षतामा ३ जून मा गरिएको उक्त अनलाइन बैठकले तत्काल कोरोना समन्वय समिती गठन गर्ने र अन्य संगठनिक समितिहरु बनाई आगामी कार्यक्रमहरुलाई तिब्रता दिने निर्णय गरेको छ।
लकडाउनका बेला मलेसिया सरकारद्वारा जारी निति-नियमको पालना गर्दै कोरोनाका कारण उत्पन्न असहज परिस्थिती बाट प्रभावित भएका, जागिर गुमाएका, मानसिक तनाव भएका तथा घर फर्कन चाहने मधेशी श्रमिक मित्रहरुसँग समन्वय गरी तिनका समस्या अनुसार सक्दो राहत दिने, तिनलाई उचित परामर्श दिई मनोबल बढाउने एवं घर फर्कन चाहनेका लागि दूतावास सँग समन्वय गरिदिने कार्ययोजना रहेको का. वा. अध्यक्ष यादव ले बताए ।
केन्द्रिय सदस्य हरिचन्द्र साहको संयोजकत्वमा गठित “कोरोना समन्वय समिती”का सदस्यहरुमा दिपक गुप्ता,दीपेंद्र यादव, रामकरण यादव, अच्छे लाल, दुलारे मल्लाह र रुद्रनारायन साह रहेका छन ।
यसैगरी राजदूतावास सँग समन्वयको लागि दिलिप कुमार यादव को नेतृत्वमा “दूतावास समन्वय समिती” गठन गरिएको छ, जसमा सदस्यहरु रामप्रवेश महतो,मनोज मंडल,अरुण यादव र सतीश राम रहेका छन ।
त्यसैगरी ,अन्य संगठनिक क्रियाकलाप अन्तर्गत “सदस्यता वृद्धि अभियान” समितीका संयोजकमा का. वा. अध्यक्ष सिकेन्द्र यादब एवम सदस्यहरुमा देबेन्द्र यादव,सुलोचन पासवान,राज मुखिया,रामविश्वास यादव,आनंद राय र राजकुमार मेहता रहेका छन ।

त्यसैगरि, प्रदिप कुमार साहको नेतृत्वमा “अनुशासन समिती” गठन गरिएको छ, जसमा सदस्यहरु सिकंदर यादव,दिपक कुमार मंडल,अमरेश कुमार यादव,लखन मंडल र सुनिल कुमार ठाकुर रहेका छन ।
यसैगरी, “आर्थिक समिती”मा संयोजक संजिव कुशवाहा एवम सदस्यहरुमा,रामकरण यादब,रमेश कुमार यादब,लक्ष्मी कुशवाहा,जनक लाल यादव,रविन यादव,सुरेश कामती र रतन मंडल रहेका छन ।

बिगतमा संगठनमा आबद्ध रहेका र केही कारणबश संपर्क छुटेका पुराना क्रियाशील सदस्यहरुसँग पुन: संपर्क स्थापित गरी संगठनमा क्रियाशील बनाई राख्न “संगठन फिर्ती समन्वय समिती” गठन गरिएको छ । शिवराज यादवको संयोजकत्वमा गठित सो समितिमा सदस्यहरु लक्ष्मी साह, मनशि खंग,शिवजी पंडित,रंजीत साह, बि एम सप्तरिया र संजीत साह रहेका छन ।

उक्त अनलाइन बैठकमा एनआरएमए का अन्तरराष्ट्रिय समिती अध्यक्ष बसन्त कुशवाहाको सुझाव-सल्लाह एवम निर्देशन अनुरुप संगठनको कार्यक्रम अगाडि बढाइएको का. वा. अध्यक्ष सिकेन्द्र यादव ले जानकारी दिए ।
अंतर्राष्ट्रीय समिती अध्यक्ष कुशवाहाले मलेशियामा रहेका सम्पूर्ण मधेसी समुदायलाई एनआरएमए सँग आबद्ध हुन र एक अर्काको सुख:-दुख:मा साथ दिन आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.