गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको अलखर्ज आवजल क्षेत्रमा पनी समिति विस्तार

हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको अलखर्ज रोड नं. ९ आवजल कम्पनीमा समिति विस्तार भएको छ।

एनआरएमए सऊदी अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार रियादमा शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।

एनआरएमए सऊदीको अलखर्ज रोड नं. ९ आवजल क्षेत्रीय समिति को नामाबली सहित।
राम सिंह यादवको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा बेचन मुखिया, सचिवमा दानी ठाकुर र कोषाध्यक्षमा बिरेन्द्र दास छन्। त्यस्तै सदस्य हरुमा भोगेन्द्र यादव, सैफुल मोहमद, इब्राहिम नदाफ, सतन मण्डल, ज्ञानी राउत, माधुरी राउत, शमबृक्ष यादव, महेश मण्डल, रन्जीत यादव, मोहमद अन्सारी, सिकिन्द्र राउत, उमेश मण्डल र समोध यादव रहेका छन।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.