गैर आवासीय मधेशीले विश्वभरी मनाए हाेली



हुलाकी न्यूज,
अमेरिका : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को स‌ंयाेजनमा विभिन्न देश हाेली मनाइएकाे छ।

अमेरिकासहित कतार, साउदी, भारत, दुबई, मलेसियालगायत विभिन्न देशमा हाेली मनाइएकाे एनआरएमएले जनाएकाे छ।

अमेरिकाकाे गेथेसबर्ग, मैरील्याण्डमा विशेष कार्यक्रमकाे आयाेजना भएकाे थियाे। एनआरएमए अमेरिकाका महासचिव धीरज कुमारद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तीकाे उपस्थिति रहेकाे थियाे।

एनआरएमए अमेरीकाका अध्यक्ष इन्द्रजित यादव, वरिष्ठ उपाध्यक्ष अभिषेक झा, मिडिया संयोजक अनिल यादव र (ANTA अध्यक्ष) विजय सिंहलगायतकाे उपस्थिति थियाे।

विजय साह, सुशील साह ,बब्लु साह, राकेश साह, प्रवत तिवारी, सिम्पल कुमारी, नीता कुमारी, पूजा कुमारी, संयुक्ता साह , संकेत साह , आर्यन साह , रोजी साह , रोजा रैज़ , अन्जली यादव, गौस्तावो रैज़, राजन थापा, दान, बिभियाना र अन्यहरुकाे सहभागिता थियाे।

दुई मुटुलाई जोडने पर्वको रुपमा मनाउने होलीमा सबै एकजुट भएर मधेशको लागि काम गर्ने प्रतिवद्धता उनीहरुले गरेका थिए।

यसैगरी अन्य देशहरुमा पनि एनआरएमएले विभिन्न कार्यक्रम गरेकाे थियाे।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.