हुलाकी न्यूज, उर्लाबारी (मोरङ) । अव्यवस्थित खोला उत्खनन रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् ।

मावा नदीबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासीका कारण नदी कटानको जोखिम बढेकाले उत्खनन रोक्न माग गरेका हुन् ।

सो खोलाबाट जथाभावीरूपमा बालुवा र गिट्टी निकासी भएपछि तटबन्धमा क्षति पु¥याएको उर्लाबारी–३ का सुरेश राउतले बताउनुभयो ।

खोला नियन्त्रण समितिका सचिवसमेत रहनुभएका राउतले यसबारे जिल्ला समन्वय समिति र स्थानीय जनप्रतिनिधिलाई जानकारी गए पनि कुनै काम नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “समयमै खोला उत्खननमा रोक नलगाए आगामी बर्खामा उर्लाबारीवासीले ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ ।”

सो खोलाबाट ट्र्याक्टरले जथाभावी बालुवा झिकेर लैजाँदा खोला करिब तीन मिटरसम्म गहिरिएको छ । खोला गहिरिँदै गएकाले खोला किनारमा बनाइएका स्परसमेत भत्किन थालेका छन् ।

मोरङ र झापा जिल्लाको सीमामा रहेको सो खोलाबाट दैनिक करिब ५०० ट्र्याक्टरले बालुवा, गिट्टी निकाल्ने गर्छन् । जथाभावी खोला उत्खनन नरोकिँदा गत वर्षात्को समयमा बाढीले खोला किनारको छ÷सात बिगाहा जमिनका साथै स्थानीय भीमबहादुर सुवेदीको डेढ बिगाहा र गणेशबहादुर कार्कीको एक बिगाहाको सिसौको नर्सरीमा कटान गरेर क्षति पु¥याएको थियो ।

नदी उत्खननसम्बन्धी मापदण्ड कार्यान्वयन हुने गरी बालुवा निकासी गरे आफूहरूलाई कुनै समस्या नहुने स्थानीयवासी जीवन आचार्यले बताउनुभयो । जिससले खोला ठेक्कामा लगाउने तर त्यसको अनुगमन नगर्ने गरेकाले वर्षात्को समयमा वर्षेनी करोडौँ क्षति हुने गरेको स्थानीयवासीको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.