क्यानाडामा गैर आवासीय मधेशीहरुले मनाए दशै, दिपावली र छठ पर्वको शुभकामना कार्यक्रम

हुलाकी न्यूज संवाददाता

क्यानाडा ०९ नोभेम्बर २०१८, मधेश का विभिन्न जिल्ला घर भइ हाल क्यानाडा बस्दै आएका मधेशी हरुको औपचारिक रुपमा पहिलो पटक ओन्टारियो राज्यको ब्रेराम्पटन शहरमा भेला भएर सांस्कृतिक र बालमैत्री कार्यक्रम गरेका थिए।उक्त कार्यक्रममा दशै, दिपावली र छठ पर्वको उपलक्ष्यमा एक अर्कामा शुभकामना आदान प्रदान गरेका थिए।

उक्त कार्क्रममा ब्रेराम्पटन आसपासमा वर्शोदेखि बस्दै आएका विभिन्न शहरका विभिन्न पेशामा आबद्ध मधेशीहरुको  उल्लेख्य संख्यामा परिवार सहित उपस्थित भएका थिए। उक्त कार्यक्रमको प्रस्तोता रहेका भास्कर झा लगायत उमाशंकर मल्लिक, बिनोद साह, दिनेश साह, इमरान र अन्य महानुभावहरुको बिशेष पहलले कार्यक्रम भब्यताका साथ सम्पन्न भएका थिए।

क्यानाडा स्थित प्रवासी मधेशीहरु बीच संक्षिप्त परिचय आदान प्रदान सहित, मनतब्य एवं सुझाब संगै विभिन्न खाले मनोरन्जनात्मक नृत्य, संगीत, खेलकुद र खानपिन रहेका उक्त कार्यक्रमले मधेशको झझल्को दिएको र कार्यक्रम अत्यन्तै सफल रहेको टिपणी गैर-आवासीय मधेशी संघ (एनआरएमए )  क्यानाडाको संयोजक डा. मनोहर साहले गरेका थिए। सहभागी सबै सदस्य हरुले  यस्ता कार्यक्रमा आगामी दिनहरुमा पनि निरन्तर रुपमा हुनु पर्छ धारणा ब्यक्त गरेका थिए।

तस्बिर सहित

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.