सुनसरी । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको प्रहरीले सुनसरीमा खोजी गरिरहेको छ ।

ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको हो । ती चारमध्ये एक जना धरान वडा नम्बर ६ पानवारीका व्यक्ति सम्पर्कमा आइसकेका छन् ।

उनलाई हिजो मंगलबार धरान उपमहानगरपालिकाको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

उनको स्वाब लिएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाउनेबारे निर्णय हुन भने बाँकी नै छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले ४ जनाको खोजी भइरहेको बताए ।

ती ४ जनामध्ये एक जना मात्र भेटिएको उनले पुष्टि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.