हुलाकी न्यूजः कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकाको कार्यालय आज (बिहीबार)देखि बन्द गरिएको छ ।

जलेश्वर नगरपालिकाले एक सूचना जारी गरि आजदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द गरेको जनाएको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।

नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कतका साथ बस्न समेत सम्पूणर् नगरवासीलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.