हुलाकी न्यूज, काठमाडौं: नेपालमा कोरोना विरुद्धको मोर्चामा अग्रपंतिमा रहेका डा.रंञ्जित साह भन्छन्,‘मेरो काम जोखिमपूर्ण छ। मलाई केही भएको खण्डामा घरमा कम्तिमा एकजना दाई आवयश्क छ भन्ने लाग्यो। त्यसकारण दाईलाई काम छोड्न लगाएर घर पठाइदिएको छु, तर भगवानको कृपा, अहिलेसम्म म पनि सुरक्षित छु।’

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल अन्तर्गत कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने निकाय नेशनल इन्फलुएन्जा सेन्टरको कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, परीक्षण टोलीका टीम लिडर हुन् डा.रञ्जित (सरुवा रोग विशेषज्ञ)।


कोरोनाको आंशकामा सुरुमै चीनबाट ल्याइएका नेपालीहरुको परीक्षण टीमको अगुवाइ पनि डा.साहसहितले गरेका थिए। त्यतीबेला अन्य डाक्टरहरु चीनबाट आएका विद्यार्थीहरुको परीक्षण गर्न हिम्मत जुटाउन सकेका थिएनन्।

प्रदेश नम्बर २ को सिरहा जिल्ला कल्याणपुर नगरपालिकाका वडा नम्बर ११ बस्ने चन्द्रभुषण प्रसाद साह र सीता देवी साहका छोरा हुन् डा.साह। उनी करिव सात महिनादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेशनल इन्फलुएन्जा सेन्टरमा कन्सलटेन्ट माइक्रोबायोलोजिस्ट, टिम लिडरको रुपमा कार्यरत छन्। जेठादाई बालरोग विशेषज्ञ र कान्छी बहिनी पनि नेपालमै चिकित्सकिय पेसामै छिन्।

बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका डा.साह महराजगंज शिक्षण अस्पतालबाट माइक्रोबाइलोजीमा एमडी गरेका हुन्। त्यसपछि भारतको दिल्ली गुडगाँउस्थित मेदान्त द मेडिसिटी शिक्षण अस्पतालमा सरुवा रोग विषयमा फेलोशिप गरे। डा.साह अहिले विश्वकै उत्कृष्ट मानिने अमेरिकास्थित हार्वर्ड युनिभरसिटीमा सरुवा रोग विषयमै क्लिनिकल रिसर्च गरिरहेका छन्।



डा. साह अहिले दैनिक करिव १२ देखि १४ घण्टासम्म कोरोना परीक्षणमा व्यस्त हुन्छन्। आफ्नो विषय नै सरुवा रोग भएकोले कर्तब्य र उतरदायित्वलाई बुझेरै घरपरिवारलाई सम्झाएर परीक्षणको काममा लागेको उनी बताउछन्।

‘विवाह भएको छैन्, श्रीतमी र बच्चाहरुको दबाबसमेत नभएकोले काम गर्न सजिलो छ।’ उनले भने,‘कोरोनाको कहरका बेला मैले निडर भएर काम नगरेको भए जीवनभर आत्मगलानी हुने थियो।’

उनका बुवा–आमा दैनिक फोन गरेर हालखवर सोध्छन्। उनी आफू सुरक्षित रहेको बताउँदै काममा व्यस्त हुन्छन्।

नेपालमा परीक्षण सुरु हुँदा एकमात्र टीम थियो जसको अगुवाई उनले गरेका थिए। अहिले तीनवटा टीम बनाइएको छ।

कुनैवेला तीन–तीत दिनसम्म ल्याबमै बस्नु परेको स्मरण गर्दै डा.साह भन्छन्, ‘अहिले विहान ११ बजेदेखि राती १२ बजेसम्म परीक्षण गर्छु, काममा व्यस्त हुनुपर्छ मिडिया वा अरुलाई समय मिलाउन कठिन छ।’

विभागिय प्रमुख रुना झाको सफलता सुनेर आफूहरु उत्साहित भएको उनी बताउँछन्।
डा. साहले पछिल्लो नेपालगंजको घटनाले नेपाल कारोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको दाबी गर्छन्। बाहिरबाट आएकामा संक्रमण देखिनु पहिलो चरण, उनले आफ्नो परिवारजनमा संक्रमण फैलाउनु दोस्रो चरण र समाजमा संक्रमण देखिन थाल्नु तेस्रो चरण रहेको उनको भनाई छ। यसलाई नियन्त्रण गर्न ठोस कदम चाल्नु पर्ने उनको बुझाई छ।

नेपालको पहिलो संक्रमित व्यक्ति चीनबाट आएका विद्यार्थी धनुषाकै रहेको र उनको स्वाब परिक्षणका लागि हंकङ पठाउँदा पश्चिमा देशहरुमा पाइएको जस्तो आक्रमक किसिमको भाइरस नभएको जानकारीसमेत उलने गाए।

‘अमेरिका, स्पेन, इटलीसहितका देशहरुमा द्रुत गतिमा फैलिने गरेको भाइरसहरुलाई जि, भि र एस गरी तीन प्लेडमा विभाजन गरिएको छ, डा. साहले भने, ‘तर नेपालको संक्रमितमा त्यस अनुसारको भाइरस देखिदैन।’ त्यसकारण नियन्त्रण कठिनाई हुन नसक्ने उनको बुझाई रहेको छ।

जनकपुरकी डाक्टर रुना झाको कथा, जो यूएन वमन भइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.