एजेन्सी, २६ चैत । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८२ हजार ९६ पुगेको छ ।

त्यस्तै, १४ लाख ३१ हजार ९ सय ७३ जना संक्रमित छन् । हालसम्म तीन लाख २ हजार २ सय ९ जना उपचार पाएर घर फर्किएका छन् । कोेरोना भाइरस अर्थात कोभिड–१९ बाट सबभन्दा बढी इटालीमा १७ हजार एक सय २७ जनाको ज्यान गएको छ ।

स्पेनमा १४ हजार ४५, अमेरिकामा १२ हजार ८ सय ५७, फ्रान्समा १० हजार तीन सय २८ र बेलायतमा ६ हजार १ सय ५९ जनाको मृत्युभएको छ । यता, भारतमा मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ ।

यहाँ संक्रमित ५ हजार तीन सय ५६ जना रहेका छन् । पाकिस्तानमा ५८ जनाको मृत्युभएको छ भने ४ हजार ६२ जना संक्रमित छन् ।
कोरोनाबाट अतिप्रभावित देशहरूको पछिल्लो अवस्था :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.