एजेन्सी, १९ चैत । विश्वरभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार एक सय ५१ पुगेको छ ।

हालसम्म यो भाइरसबाट आठ लाख ५८ हजार ६ सय ६९ जना संक्रमित भएका छन् । अहिलेसम्म रोग लागेकामध्ये एक लाख ७८ हजार ९९ जना निको भएका छन् ।

कोरोना भाइरसबाट सबभन्दा बढी इटालीमा १२ हजार ४ सय २८ जनाको मृत्युभएको छ । कोभिड १९ बाट दोश्रो सबभन्दा बढी प्रभावित स्पेन रहेको छ । स्पेनमा ८ हजार ४ सय ६४ जनाको ज्यान गएको छ ।

अमेरिकामा पनि संक्रमितको संख्या बढ्दो छ । अमेरिकाले भाइरसको इपिसेन्टर रहेको चीनलाई समेत उछिनेको छ । अमेरिकामा तीन हजार ८ सय ८९ जनाको मृत्युभएको छ । जबकी चीनमा मृतकको संख्या ३ हजार तीन सय ५ रहेको छ । त्यस्तै, फ्रान्स पनि चीनलाई उछिनेको छ । फ्रान्समा ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २३ पुगेको छ ।

यता, भारतमा मृतकको संख्या ३५ पुगेको छ । भारतमा संक्रमितको संख्या एक हजार तीन सय ९७ पुगेको छ । त्यसैगरी पाकिस्तानमा एक हजार ९ सय ३८ संक्रमित रहेकोमा २६ जनाको मृत्युभएको छ ।
विश्वभरको बुधबार बिहानसम्मको सूची :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.