एजेन्सी, २० चैत । विश्वभर फैलिएको कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४७ हजार २ सय ९० पुगेको छ ।

कुल संक्रमितको संख्या ९ लाख ३८ हजार ४ सय ५२ पुगेको छ । त्यस्तै, हालसम्म १ लाख ९५ हजार ३ सय ८८ जना निको भएका छन् । कोरोना भाइरसबाट ३५ हजार ७ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ । कोभिड १९ बाट सबभन्दा बढी इटालीमा १३ हजार १ सय ५५ जनाको मृत्युभएको छ ।

त्यहाँ १ लाख १० हजार पाँच सय ७४ जना संक्रमित छन् । त्यस्तै, स्पेनमा ९ लाख तीन हजार ८७ जनाको मृत्युभएको छ । स्पेनमा १ लाख ४ हजार १ सय १८ जना संक्रमित छन् । विश्वभरमा सबभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् ।

अमेरिकामा कुल २ लाख १५ हजार तीन सय ४४ जना यो भाइरसबाट संक्रमित छन् । जसमध्ये पाँच हजार १ सय १२ जनाको मृत्युभएको छ ।

यता, भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । भारतमा २ हजार ३२ जना संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.