एजेन्सी । चीन बाहर कोरोनाबाट अत्यधिक प्रभावित इटालीलाई चीन सरकारले सहयोग गरेको छ ।

चीनमा कोरोना भाइरससँग लड्न अनुभव प्राप्त गरेका ९ जनाको टोली इटाली पुगेको समाचार संस्था चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ । चिकित्सकसहितको टोलीले कोरोना नियन्त्रणका लागि आफ्नो अनुभव प्रदान गर्नेछ ।

चीन सरकारले चार्टड विमानबाट इटाली पठाएको टोलीले ३१ टन मेडिकल सामग्रीहरू पनि लिएर गएको छ । कोरोना भाइरस चीनमा करिब करिब नियन्त्रणमा आइसकको छ । कोरोना अहिले युरोपलाई केन्द्र बनाएको छ । त्यसैले चीनले अब अन्य मुलुकहरूलाई सहयोग गर्न सुरु गरेको छ ।

चीनको यो कदमको चौतर्फी प्रसंशा भइरहेको छ । चीन बाहिर कोरोनाबाट सबभन्दा बढी इटाली प्रभावित भएको छ ।

इटालीमा हालसम्म एक हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २४ हजार ७ सय ४७ जना संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.