एजेन्सी, १८ चैत । चीनमा कोरोना भाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।

भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी बुहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाएको प्रतिबन्धहरु खुला गरेको छ ।

लकडाउन खुल्ला भएपनि शहरमा विगतको तुलनामा मानिसको संख्या भने नगन्य छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

गत जनवरी २३ तारिखदेखि बुहानमा लकडाउन गरिएपछि सबै मानिस घरभित्रै बस्न बाध्य भएका थिए । लकडाउन हटाएसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।

बुहान बाहेृक क्षेत्रको लकडाउन मार्च २३ मै हटाइएको थियो । बुहानका बासिन्दामाथिका यात्रा प्रतिबन्ध भने अप्रिल ८ बाट हटाइनेछ । बुहानमा कोरोना भाइरसका कारण २ हजार ५४७ जनाको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.