काठमाडौं, १७ वैशाख । अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरूले ११ सय डलर आर्थिक सहायता पाउने भएका छन् ।

कोरोना भाइरसले आर्थिक गतिविधि नै ठप्प भएपछि अप्ठेरोमा परेका विदेशी विद्यार्थीका लागि अष्ट्रेलियाको भिक्टोरिया राज्यले ४५ मिलियन डलरको आपतकालिन राहत कोषअन्तर्गत विदेशी विद्यार्थीलाई एक पटकलाई ११ सय डलर दिने जनाएको हो ।

भिक्टोरिया राज्य सरकारले जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरू पनि अष्ट्रेलियाको शैक्षिक क्षेत्र, अर्थतन्त्र र समुदायको महत्वपूर्ण हिस्सा भएकाले शुल्क मात्र लिने भन्दा पनि अप्ठेरोमा पर्दा सहायता गरिएको जनाइएको छ ।

भिक्टोरियामा १ लाख ५० हजार विदेशी विद्यार्थी बसोबास गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.