यूएई, २८ चैत । कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरूको विवरण संकलन गर्न थालिएको छ ।

एनआरएनए यूएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई, शेर्पा किदुङ र नेपाल मगर संघ यूएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो ।

दुवईको स्थानीय सुरक्षा निकायको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरूले शुक्रबार वरदुबई स्थित नेपाली बसोबास गर्ने स्थानहरू मिनाबजार, अल सुक, अल रफ्फा, करामा मनखुल, बुर्जुमान, खालिद बिन बलिद, अल हमरिया एरियामा विवरण संकलन गरिएको नेतृत्व टोलीका प्रमुख पासाङ रेन्जी शेर्पाले जनाएका छन् ।

टोलीले यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग भेटघाट गरी हुनसक्ने सम्भावित खतराबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरे ।

पाँच दर्जनभन्दा बढी नेपालीहरू भेट गरिएको र जसमध्ये एक जना कोरोना संक्रमित नेपाली भेटिएको बताउँदै उनले ती व्यक्ति आफ्नै सेल्फ क्वारेन्टाइनमा बसेको र अवस्था सामान्य रहेको बताए ।

टोलीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए यूएईका केन्द्रीय सदस्य सुजन सापकोटा, रमेश गौतम, नेफिन युएईका संरक्षक समिति सदस्य टंक थापा मगर, नेपाल मगर संघ शाखा यूएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग यूएई प्रतिनिधि निमा ल्हमु शेर्पा र अमन थापा लगायत अन्य नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.