काठमाडौं । ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेट्टालाई पदबाट हटाएका छन् । कोरोनाभाइरस संक्रमण विरुद्धको त्रासका बीच सफल नीति बनाउन नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्रीलाई हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाहिरिएका मन्त्री मन्डेट्टाले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफूलाई हटाइएको सूचना प्राप्त भएको प्रष्ट्याएका छन् । उनको स्थानमा राष्ट्रपतिको चुनावी अभियानमा सघाएका ट्युमरसम्बन्धी विशेषज्ञ नेल्सन टैकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति बोल्सोनारोले कोरोनाभाइरसको संक्रमणलाई सुरुमा सामान्य फ्लु रहेको भन्दै टार्दै आएका थिए । सामाजिक दूरी बनाउँदा आर्थिक अवस्था झनै कमजोर हुने राष्ट्रपति बोल्सोनारोको चिन्ता थियो । ब्राजिलमा करिब ३० हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमित छन् भने एक हजार नौसय जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.