काठमाडौं । कोरोनाभाइरसका कारण विश्वका कैयौं देश लकडाउन भइसकेका छन् । सामाजिक सञ्जालमा घरमै बस्न सल्लाह दिइएको छ ।

यसका अलावा सामाजिक सञ्जालमा भाइरस फैलिन नदन जागरुकता फैलाउने र लगातार हात धुन अपिल भइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि यसरी जनचेतना फैलाउने काममा सहयोग गर्न सुपरस्टार सेलिब्रेटीहरूलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एधानोमले ट्वीट गर्दै केही सेलिब्रेटीहरूलाई जनचेतनामा सघाउन अपिल गरेका छन् । उनले बलिउड अभिनेत्रीहरू प्रियंका चोपडा र दीपिका पादुकोणलाई समेत अभियानमा सहभागी हुन आग्रह गरे । उनले सेलिब्रेटीहरूलाई ‘सेफ ह्याण्ड च्यालेन्ज’ अघि बढाउन अपिल गरेका छन् ।

उनले ट्वीटमा सुपरस्टारहरुलाई सेफ ह्याण्ड च्यालेन्ज अघि बढाउँदै अन्य ३ जनालाई पनि यो च्यालेन्ज स्वीकार गर्न आग्रह गर्न भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.