Mandatory Credit: Photo by NICOLA FOSSELLA/EPA-EFE/Shutterstock (10565036f)

हुलाकी न्यूज, एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन हजार २ सय ८६ पुगेको छ । त्यस्तै, विश्वभरमा गरी ९५ हजार चार सय ८४ जना संक्रमित रहेका छन् । हालसम्म ५३ हजार ६ सय ८८ जनाको उपचार गरिएको छ ।

यो रोगबाट चीनमा मात्र तीन हजार १३ जनाको मृत्यु भइसकेको छ । चीन बाहिर सबभन्दा बढी इटालीमा एक सय ७ जनाको ज्यान गएको छ । त्यस्तै, इरानमा ९२ जनाको मृत्युभएको छ । मध्य डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिले ८५ देशमा फैलिसकेको छ ।

सबै देशले सकर्तकता आउन विभिन्न कदमहरू चालिरहेका छन् । छिमेकी मुलुक भारत पनि २९ जनामा कारोनोको संक्रमण देखिएको छ । यसैबीच, अमेरिकाको क्लालिफोर्निया राज्यमा आपतकालको घोषणा गरिएको छ । अमेरिकामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ भने क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो ।
कोरोना भाइरसबाट मृतक र संक्रमितको विश्वभरको तथ्यांक (बिहीबार बिहानसम्मको अपडेट) : 

1 COMMENT

  1. कोरोना भाइरसको :
    लक्षण-
    · ज्वरो आउने
    · खोकी लाग्ने
    · श्वासप्रश्वासमा कठिनाइ हुने
    · निमोनिया हुने
    · विभिन्न्न अंगमा असर पुग्ने
    · मृत्यु हुने जोखिम

    जोगिने उपाय-
    · सरसफाइमा ध्यान दिने
    · खोक्दा, हाँच्छिउँ गर्दा रुमालले मुख छोप्ने
    · मासु, अन्डा राम्रोसँग पकाएर खाने
    · संक्रमित व्यक्तिबाट टाढा रहने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.