एजेन्सी, ६ जेठ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार पुगेको छ ।

मंगलबार साँझसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन लाख २० हजार ८ सय ६ पुगेको हो । हालसम्म ४९ लाख २४ हजार १ सय ६० जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १९ लाख २८ हजार २ सय ९७ जना निको भएका छन् ।

कोरोना भाइरसबाट सबभन्दा बढी अमेरिकामा ९२ हजार ६३ जनाको मृत्यु भएको छ । यहाँ १५ लाख ५२ हजार १ सय ४० जना संक्रमित देखिएका छन् । त्यस्तै, बेलायतमा ३४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने इटालीमा ३२ हजार ७ जनाको ज्यान गएको छ ।

फ्रान्समा २८ हजार २ सय ३९, स्पेनमा २७ हजार ७ सय ९, ब्राजिलिमाम १६ हजार ९ सय ४१ र भारतमा तीन हजार १ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, साउदी अरेबियामा तीन सय २९, यूएईमा २ सय २७, कुवेतमा एक सय २१, मलेसियामा १ सय १४ र कतारमा १५ जनाको मृत्युभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.