भारत । भारतमा मुस्लिम धर्मावलम्बीले कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै आयोजना गरेको धार्मिक भेलामा सहभागीमध्ये १० जनाको मृत्यु भएको छ ।

मुस्लिम समुदायले विषम परिस्थितिमा धार्मिक भेला गरेपछि कानुनी कारवाहीको तयारी शुरु भएको छ । देश विदेशका दुई हजारभन्दा ब्यक्तिलाई जम्मा गरी दिल्लीको निजामुद्दीनमा तबलिगी जमातले भेला गरी सरकारी आदेश र कानुन उल्लंघन गरेपछि आयोजक संस्थालाई भारत सरकारले कारबाहीको तयारी गरेको हो ।

केही दिनदेखि सयौं मानिसको उपस्थितिमा धार्मिक कार्यक्रम हुँदै गरेको सरकारले थाहा पाएको थियो । सोही कार्यक्रममा सहभागी भई भारतका विभिन्न ठाउँमा पुगेकामध्ये १० जनाको कोरोनाको कारण मृत्युसमेत भएको छ ।

निजामुद्दीनको मरकजमामा रहेका करिव २५ सयमध्ये लकडाउनभन्दा पहिले करिब १२ सय देशका विभिन्न राज्यमा जमातका लागि निस्किसकेका थिए । बाँकी रहेकामध्ये करिब १२ सय विरामी अस्पतालमा भर्ना भएका छन् ।

भारतीय संचारमाध्यमहरूका अनुसार विभिन्न १६ देशका ३ सय विदेशी समेत गरी करिब २५ सय प्रतिनिधि सहभागी भएको कार्यक्रममा नेपालबाट समेत १९ जना मुस्लिम प्रचारकहरू सहभागी भएका थिए ।

आयोजक संस्था बिरुद्ध मुद्दा चलाइने भएको छ भने विदेशीहरूलाई भिसा रद्द गरी अध्यागमनको कालोसूचीमा राखिने घोषणा गरिएको छ । तर, भिसा नचाहिने नेपालबाट गएका ती प्रचारकहरूको बारेमा भने भारत सरकारले जानकारी दिएको छैन । उनीहरु नेपाल फर्किसकेकी उतै भारतमै छन् भन्ने बारेमा अन्यौल छ ।

भारतीय संचार माध्यममा नेपाली मुसलमान पनि निजामुद्दीनको कार्यक्रममा सहभागी भएको समाचार आएपछि मुस्लिम समुदाय बढी भएको खासगरी तराई क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूको पहिचान गरी उपचारमा सतर्कता अपनाउन सर्वसाधारणले माग गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.