सिरहा । सिरहामा वैशाख १ गते लाग्ने गरेको ऐतिहासिक सलहेश फूलबारी मेला यस वर्ष लागेन ।

कोरोना भाइरसको संकटका कारण लहान नगरपालिका वडा नं. १२ र २२ मा पर्ने पतारी फूलवारीमा यस वर्ष मेला लाग्न सकेन ।

फूलवारी मेलाको विशेष आकर्षण नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल हो । जुन फूल वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मालाका आकारमा हारमको रुखमा फुल्ने गर्दछ ।

देशभर लागू भएको लकडाउनका कारण जिल्ला प्रशासन कार्यालय सिरहा, सुरक्षा निकायका प्रमुख तथा स्थानीय सरकारहरूले सलहेश फुलवारी मेला नलगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

त्यस्तै, सिराहाकै पकडिया गढ, मानिक दह, धमनीमाई मेलालगायत जिल्लाभर विभिन्न स्थानमा लाग्ने गरेको मेला तथा महोत्सवहरू पनि यस वर्ष स्थगित गरिएको छ ।

नयाँ वर्षका दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रूपमा लिइन्छ । एउटै रूखमा मात्र बैशाख १ गते फूल फुल्नुलाई स्थानीयबासीले अलौकिक मान्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.