काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिँदै गएकोले परीक्षणका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

सघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शनिबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले पीसीआर परीक्षणको संख्या बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै, कोभिड –१९ को परीक्षणका लागि आरडीटी विधि प्रभावकारी नदेखिएकोले गर्दा तत्काल सो विधिलाई न्यूनिकरण गर्दै पीसीआर विधिलाई व्यापक बनाउन समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसैगरी, समितिले कोरोना संक्रमितलाई राख्ने क्यारेन्टिनलाई अझै व्यवस्थित गर्न निर्देश गरेको छ । विगतमा भन्दा केही सुधारउन्मुख भएको भएपनि त्यो प्रयाप्त नभएको भन्दै समितिले अझै प्रभावकारी बनाउन भनेको होे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.