एजेन्सी, २४ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियामा एक सय ९३ जनाको मृत्यु भएको छ ।

यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ । यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो ।

पाकिस्तानमा तीन हजार दुई सय ७७ जना संक्रमित छन् । जसमध्ये ५० जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्य भने ५ देशमा मात्रै भएको छ । तीन देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.