बारा, ९ वैशाख । लकडाउनका कारण समस्यामा परेकालाई कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयरसहित १० जना पक्राउ परेका छन् ।

गरिब, असहाय, विपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रूपमा वितरण गरेको आरोपमा मेयर राजेशराय यादवसहित १० जना पक्राउ परेका हुन् ।

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरूलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत २८ गते उपमहानगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको थियो । त्यसकै भोलिपल्ट प्रहरी र जिल्ला प्रशासन कार्यालयले उनको घरमा छापा मारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.