हुलाकी न्यूज संवाददाता
कुवैत ०२ फेब्रुअरी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैतको महबुल्लामा पनि समिति विस्तार भएकाे छ।
एनआरएमए कुवैतका अध्यक्ष धनवीर ठाकुरका अनुसार महबुल्लामा ०१ फेब्रुअरी शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हाे।
संतोष कुमार मण्डलको नेतृत्वमा कार्यसमिति गठन गरिएकाे छ। उपाध्यक्षमा बिजय साह, सचिवमा प्रमोद दास, सहसचिवमा होश नारायण राय र कोषाध्यक्षमा नागेन्द्र महतो रहेका छन। त्यस्तै सदस्यहरुमा प्रदीप कुमार यादव, सतनाम राउत, लक्षमण ठाकुर, बद्री पासवान, रामनाथ महतो, शैलेन्द्र महरा, रामपुकार पण्डित र राम दरेस साह सोनार रहेका छन।
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई श्रद्धांजलि दिएका थिए। तयस्तै डा सीके राउतलाई गैर न्यायिक तरिकाले जेलमा राखेको हुनाले सहभागी सदस्य हरुले नेपाल सरकारको घोर विरोध गरेका थिए।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ।