जनकपुरधाम । प्रदेश २ सरकारको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका वीरगंजस्थित प्रदेश कार्यालय र जनकपुरस्थित शाखा कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा माछापुछ्रे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन् ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.