सोलुखुम्बु, ७ वैशाख । सोलुखुम्बुमा ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करिब ३ बजेको समस्यमा काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

उनकाअनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएको थियो ।

अत्याधिक पेट दुखेपछि बेहोस भएका उनको बेहोस अवस्थामै मृत्यु भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.