हुलाकी न्यूजः काठमाडौंको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक रहेको महानगरीय अपराध महाशाखा, काठमाडौंले जनाएको छ । उनीहरुलाई नार्गजुन(४ सिर्जनसिल टोलबाट प्रहरीले पक्राउ गरेको हो ।

युवतीलाई पक्राउ परेका मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए। तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

ट्वाइलेट सफा गर्ने एसिड छ्यापेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.