काठमाडौं । काठमाडौंका व्यवसायीहरुले आजदेखि बिहान ११ बजेसम्म पसल, व्यवसाय खुला गर्ने निर्णय गरेका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेको हो ।

पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने महासंघको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.