काठमाडौंमा एकता घोषणा : मधेशमा दिपावली

475

हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भई ‘राष्ट्रिय जनता पार्टी’ बनेको छ ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गरिएको हो । मोर्चामा आवद्ध सात दल मध्ये ६ दल एकतामा सहभागी भएका छन् भने बाँकी एक दललाई एकताका लागि आह्वान गरिएको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पूर्वप्रधानमन्त्री एवं संविधान जारी गर्नमा प्रमुख भुमिका खेलेका डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न लागेको भन्दै मोर्चाको एकीकरणमा सहभागी भएनन् । तर यादव र भट्टराईको एकीकरणअघि सो पार्टीबाट केही नेताहरु राष्ट्रिय जनता पार्टी(राजपा)मा सहभागी हुने विश्वास दिलाएका छन् ।

त्यस्तै, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि अन्तिम समयमा एकीकरणमा आएको छ ।

यता काठमाडौंमा एकीकरण हुँदा मधेशका जिल्लाहरुमा खुशियाली मनाइएको छ । विहीबार साँझ मधेशका जिल्लाहरुमा सर्वसाधारणले दिपाबली बनाउँदैछन् ।

 

3 COMMENTS

  1. Upendra and Babooram- both will doom to their political death due to their arrogance if they don’t read the political pulse of nation. Very smart move by these Madhesh centric party.

  2. उपेन्द्र यादव भनेको आफ्नो कुर्सुकोलागि मात्रलडिरहेको छ ।
    उपेन्द्र यादव र पुष्पकमल दाहल प्रचन्डबिच सहमती भएको जस्तो देखिन्छ ।
    यादवले मधेसी जनतालाइ आफ्नो ढाल बनाएर प्र्योग गरेछ ।
    यि सबै कुरा अब मधेसी जनतालाइ थाहा भैसकेको हो ।
    र यसतो मधेसद्रोहिला मधेसबाट लखेट्नु पर्छ ।
    किनभने यो दुई मुख भएको शर्प हो ।
    जय मधेश ।
    अप्पन देश ।
    I’m really proud to be a Madheshi.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here